मिर्गौला स्वस्थ राखी राख्न के गर्ने ?

रिपोर्ट नेपाल | 2024 Mar 15 | 04:24 pm 1169

काठमाण्डौ ०२ चैत / मानिसको सरिरको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन् जसलाई मिर्गौला भनिन्छ। मिर्गौलाको काम भनेको रगत छान्ने र रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको  मात्रामा सन्तुलन गर्नु हो ।

त्यसकारण मिर्गौलालाई महत्वपूर्ण अंगको रुपमा लिने गरिन्छ। मिर्गौला बिग्रिएपछि सातामा दुई देखि ३ पटक नियमित डायलाइसिस गरेर रगत सफा गर्नुपर्ने अवस्था आउँछ। नेपालमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवाको सरकारले नि:शूल्क गरेको छ। तर डायलाइसिस सेवा लिन अस्पतालका अन्य खर्चका साथै औषधि सेवन नियमित गर्न धेरै खर्च गर्नुपर्ने हुन्छ।

८० प्रतिशत मिर्गौला विग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिने भएकोले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्दछ।। स्वास्थ्य परीक्षण बिना सुरुको अबस्थामा मिर्गौला विग्रिएको थाहा नहुनसक्छ । मिर्गौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा मिर्गौला रोग लाग्नै नदिन समय समयमा परीक्षण गराउनुका साथै सचेत हुनुपर्द छ ।

यसकारण बिग्रिन सक्छ मिर्गौला ?

– मधुमेह रोग भएमा ,
– उच्च रक्तचापको रोग भएमा,
– मिर्गौलामा हुने नेफ्राइटिस,
– मिर्गौलामा पत्थरी भएमा,
– मिर्गौलामा संक्रमण भएमा,
– जथाभावी रुपमा औषधि सेवन गर्दा,
– प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा,
– पानी अत्यधिक कम पिउने।
– पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा,

समय–समयमा स्वास्थ्य परीक्षण गराउदा मिर्गौलामा समस्या भएको समयमै पत्ता लगाउन सकिन्छ र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ। समय समयमा परीक्षण गरेर मिर्गौला स्वस्थ छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । पिसावमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धी रोग लागेको हुनसक्छ। त्यसैले पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ।

मिर्गौला स्वस्थ राखी राख्न के गर्ने?

– एकदिनमा कम्तीमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी पिउनुपर्छ,
– बिहान समयमै उठ्ने बानी गर्नुपर्छ, र बिहान उठ्ने वित्तिकै पानी पिउने बानी बसाल्नु पर्दछ।
– हरेक दिन बिहान हिड्नुपर्छ,
– समयमा सुत्ने बानी गर्नुपर्छ,
– धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने,
– मासु धेरै नखाने,
– तरकारी तथा सागसब्जी धेरै खाने,
– परिवारमा कसैलाई मिर्गौला सम्बन्धी रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ,
– आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ।
– धूमपान मदिरा सेवन नगर्ने।
– नियमित फलफूल खाने
– उच्च रक्तचाप र मधुमेहको समस्या छ भने चिकित्सकको सुझाब लिने।

नियमित स्वास्थ्य परीक्षण गर्ने गरेमा र समयमै उपचार गर्दा मिर्गौला जोगाउन सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.