मीन कुमारी राणा प्रतिष्ठानद्वारा बरिष्ठ श्रष्टा अभिनन्दित

| 2023 Jan 23 | 01:36 pm 1977

भक्तपुर, माघ ९ः गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सन्तान पनि फरक फरक प्रवृत्तीका हुने भन्दै कतिपय सन्तानले आफ्ना आमा बुबा जीवित रहँदा अपमान गर्ने तर मृत्यु पछि पिण्ड दिने क्रममा ठूलो बनाउने गरेको बताएका छन् ।

No description available.

अभिनन्दित व्यक्तित्वहरू

बरिष्ठ पत्रकार कविर राणाको परिवारले भने आफ्नी आमालाई स्वर्गारोहण पछि पनि जीवित राख्न मीन कुमारी राणा प्रतिष्ठान बनाएर रचनात्मक कार्य गरेकोमा प्रशंसनीय कार्य गरेको बताएका छन् ।

प्रतिष्ठानद्वारा स्वर्गीय मीन कुमारी राणाको प्रथम बार्षिकीको अवसरमा बरिष्ठ श्रष्टालाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति यादवले उक्त कुरा बताएका हुन् । राणा परिवारले असल सन्तानले गर्ने कामको सुरुवात गरेर राम्रो सन्देश दिएको पनि डा. यादवको भनाई रहेको थियो ।

प्रतिष्ठानद्वारा अभिनन्दित हुनेहरुमा बरिष्ठ लेखक साहित्यकार ध्रुवचन्द्र गौतम, बरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक हरिहर बिरही, बरिष्ठ पत्रकार एवं प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत, बक्सिङ खेलाडी एवं प्रशिक्षक मदन कुमार गुरुङ रहेका छन् ।

अभिनन्दित व्यक्तिहरुलाई पूर्व राष्ट्रपति यादवले खादा, माला, प्रमाणपत्र र एकाउन्न हजार नगद सहित अभिनन्दन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद बिनोद चौधरीले प्रतिष्ठान दीर्घजिवी रहने कुरमा आफू आशावादी रहेको बताउँदै श्रष्टालाई अभिनन्दन गर्ने कार्यबाट कामको थालनी भएकोमा खुशी व्यक्त गरेका थिए ।

अर्का सांसद दुर्लभ थापाले प्रतिष्ठानले आउँदा दिनमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाओस भन्दै शुभकामना दिएका थिए । अभिनन्दन कार्यक्रममा पूर्व सांसद लेखनाथ न्यौपानेले पनि शुभकामना दिएका थिए । २०७८ सालमा आफ्नी आमाको देहान्त पछि स्थापित मीन कुमारी राणा प्रतिष्ठानले यस्तै रचनात्मक कार्य गर्ने र स्वर्गीय आमालाई जिवन्त राख्ने कुरा प्रतिष्ठानका अध्यक्ष कविर राणाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.