मिनीट्रक दुर्घटनामा दुईको मृत्यु, एक बेपत्ता सात घाइने

रिपोर्ट नेपाल | 2021 Nov 05 | 08:10 am 1941

जाजरकोट, कात्तिक १९ः बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घटनामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दश जना सवार उक्त घटनामा मृतक दिलबहादुर शाही, र नाम नखुलेको एक जना रहे छ । घटनामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै सबैको ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.