मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा बालाजुमा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 May 29 | 09:13 am 1645

काठमाडौं, जेठ १६ः गएराति मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा बालाजुमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति गोंगबुबाट बालाजु जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आउदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएकाे थियो ।

ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र आर्का एकजनाको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.