मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्षद्वारा नेपालको औपचारिक भ्रमण

रिपोर्ट नेपाल | 2020 Feb 15 | 10:39 pm 1679

काठमाडौं, फागुन ३: मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen शनिबार नेपालको औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरेका थिए ।

सातदिने भ्रमणको क्रममा Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Genले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

साथै उनले आइतबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्ने तथा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उनले पोखरास्थित श्री पश्चिम पृतना हेडक्वाटर, पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सात दिने औपचारिक भ्रमण पुरा गरी उनी फागुन ९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ नाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.