मित्रराष्ट्र अष्ट्रेलियाद्वारा नेपाली सेनालाई कोभिड १९ स्वास्थ्य सामग्री सहयोग

रिपोर्ट नेपाल | 2021 Jun 05 | 03:52 pm 2449

काठमाडाैं, जेठ २२ः आज शनिबार मित्रराष्ट्र अष्ट्रेलियाका महामहिम राजदुत H.E Felicity Jane Volk ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका  थिए । कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु
अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.