मित्रराष्ट्र अमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग

रिपोर्ट नेपाल | 2020 Jun 24 | 05:28 pm 2444

काठमाडौं, असार १०ः बुधबार मित्रराष्ट्र अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

उक्त सामाग्री अमेरिकी महामहिम राजदुत रान्डी बेरीले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ महामारी रोकथाम कार्य प्रति र नियन्त्रणको लागि राष्ट्रिय अभियान योजनाको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने हेतुले ४ लाख ५० हजार अमेरिकी डलर मुल्य बराबरको स्वास्थ्य सामग्रीहरु प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्का छन् ।

सामाग्री ग्रहण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.