मिटरव्याजी महर्जन प्रहरीकाे फन्दामा

| 2023 Jun 25 | 06:11 pm 3165

ललितपुर, असार १० । ललितपुरको नखिपोट का ज्ञानेन्द्र महर्जनले अनुचित लेनदेन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर ११ बस्ने मनोज महर्जनलाई ३० लाख सापटी दिएको र बैदेशिक रोजगारको कागज गराएर पटक पटक गरी १ करोड २६ लाख सावा भन्दा बढी रकम लिएको किटानी जाहेरीको आधारमा ज्ञानेन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

जुपिटरटोलस्थित उनकै घरमा प्रहरीले उनलाई नियन्त्रणमा लिई उनी बस्ने घरको खानतलासी गर्दा ७ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरुको नामको केही वडाबाट प्रमाणित भएका, केही नभएका कागजातहरु बरामद गरेको छ ।

स्मरणः रहोस महर्जनले स्थानीय विभिन्न क्लबका कराते खेलाडीहरुलाई प्रयोग गरेर मिटर व्याजको रकम उठाउने गरेको बताइन्छ । महर्जन ललितपुर जिल्लाकै सबैभन्दा ठूला मिटरव्याजी भएको स्थानीयवासीहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.