मिटरब्याज पीडितका समस्या समाधान गर्न जाँचबुझ आयोग गठन

| 2024 Mar 22 | 06:25 pm 345

काठमाडौं, ०९ चैत / बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्न आयोगलाई सुझाव दिइएको छ।

यसअघि बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वको आयोगले समस्या समाधान नगरेको भन्दै मिटरब्याज पीडितहरू पैदल हिँडेर काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका थिए। लामो समयसम्म आन्दोलन जारी राखेका मिटरब्याज पीडित र सरकारबीच नयाँ आयोग गठन गर्ने सहमति भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.