माहुरीले टोकेर एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 22 | 08:40 am 2785

सर्लाही, असोज ६ः सोमबार सर्लाहीको गोडैता नगरपालिका ९ बकैनियामा एक बालिका माहुरीले टेकेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राजेश चौधरीकी ३ वर्षीया छोरी साक्क्षी कुमारी चौधरी रहेका छन् । उनलाई घर भन्दा बाहिर खेल्ने क्रममा माहुरीले शरीर, टाउको र निधारमा टोकी गम्भीर घाईते बनाएका थिए ।

घाइते भएकी बालिकाको स्थानिय मेडिकलमा समान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

बालिकाको शव सोही अस्पतालमा रहेको बताइएको छ ।

लार्गूऔषधसहित दुई जना पक्राउ

सोमबार सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुर टोल स्थितमा प्रहरी सहायक निरीक्षक सोनेलाल साहको कमाण्डमा खटिएका चेकिङ टोलिले लागूऔषधसहति दुई जनालाई पक्राउ गरेको छ ।

चक्रघट्टा गाउँपालिका ९ बस्ने २८ वर्षीय राजदेव यादवले चलाई ल्याएको ना २९ प ७३१८ नम्बरको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्दा मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय राहुल यादवले पछाडि बोकेको झोलामा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध नाईट्रोभेट २२५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।

लागूऔषधसहित राजदेव यादव र राहुल यादवलाई नियन्त्रणमा लिई अवश्यक कार्वाहीको लागि तालुक
ईलाका प्रहरी कार्यालय केशरगंजमा पठाईएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.