काठमाडाैं, असार २५ । मुलुकमा वेराेजगार युवाकाे वृद्धिसँगै विदेशिनेकाे संख्या दिन दुइ गुणा रात चाैगुणा भइरहेका बेला विभिन्न प्रलाेभनमा परेर ठगिनेकाे संख्या पनि दिन प्रतिदिन बढ्दाे रहेकाे छ ।
यसैक्रममा गोरखा पालुङटार – ५ स्थाई घर भई तार्केश्वर फुटुङ बस्ने बर्ष २९ की सुस्मा तामाङले संजय गिरीलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु, त्यसको लागि ६ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने भनी ठगी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरी वैदेशिक राेजगार विभागमा बुझाएको छ ।
मासिक १ लाख भन्दा बढी तलव हुन्छ भन्दै प्रलोभनमा पारेर पीडितबाट पटकपटक गरी ५ लाख ८५ हजार लिएर सम्पर्क विहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि विभागकाे पत्रकाे आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।