माल्टा पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

| 2023 Jun 30 | 04:29 pm 1757

काठमाडाैं, असार १५ ।  वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिने भनी प्रलाेभनमा पारी ठगी गर्ने झापाका युवराज लिम्बु पक्राउ परेका छन् । उनलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनले पक्राउ गरेकाे हाे ।

काठमाडौँकाे  धापासीमा बस्ने युवराज लिम्बु लगायतले भुवन भट्टराईलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिने त्यस बापत रु. १२  लाख  लाग्ने र माल्टा पुगेपछि पानीजहाजमा काम लगाइदिने बताएका थिए । पानीजहाजमा काम गरे बापत मासिक तलब रु. १ लाख  भन्दा धेरै  हुने भनी प्रलोभनमा पारी  पीडितबाट पटकपटक गरी जम्मा रु. ६ लाख तीस हजार रुपैयाँ  लिई सम्पर्क विहीन भएका थिए ।

काठमाडाैं  उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे  प्रहरी टोलीले युवराज लिम्बुको खोजतलास गर्ने क्रममा कालोपुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएकाे प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.