‘माफिया र ठेकेदारको सहयोगी ओली सरकार’

| 2018 Jul 09 | 01:17 pm 3019

काठमाडौं, असार २५: नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट नेतृत्वको सरकारले माफिया तथा ठेकेदारहरुलार्इ अराजकता फैलाउन सहयोग गरिरहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैली तथा निषेधाज्ञा लगायतका सरकारी निर्णयको विरोधमा प्रदर्शनको कार्यक्रममा बोल्दै अध्यक्ष महरले जनतालार्इ स्वतन्त्र भएर विचार तथा अभिव्यक्ति राख्‍न पाउने अधिकार कुण्ठित गरेर संविधान विपरित कार्य गरेको बताएका छन्।

अध्यक्ष महरले यसअघि डा गोविन्द केसीसँग भएका सम्झौता बमोजिम देउवा सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै जारी गरिनुपर्ने समेत बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष महरले सरकारलै अदालतको आदेशको समेत पटक-पटक वेवास्ता गरी मनपरी ढंगले अघि बढेर अधिनायकवाद लाद्‍ने कोशिस गरेको आरोप लगाएका हुन्।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालार्इ संस्कृति सम्बन्धमा क्‍यानडामा हुन लागेको कार्यक्रममा जान लागेकोमा अपहरण शैलीमा विमानस्थलबाटै पक्राउ गरी बालुवाटारमा थुनेर संस्कृतिमाथि प्रहार गरेको बताए। एक विश्‍वविद्यालयको उपकुलपतिलार्इ प्रधानमन्त्री निवासमै थुनामा राख्नु कत्तिको न्यायोचित हो भन्दै प्रश्न गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.