मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

रिपोर्ट नेपाल | 2022 Sep 04 | 01:29 pm 1837

काठमाडाैं, भदाै १९ः मदिरा सेवन गरि गएराती भाडाको ट्याक्सी चलाउदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतहरूमा पठाएको छ ।
काठमाडौंको सुकेधाराबाट गएराती ९ बजे पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ बर्षीय विकास सुनारलाई महाराजगंज वृत पठाइएको छ ।

यस्तै, काठमाडौंको कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ बर्षीय राजेन्द्र महर्जनलाई पनि गएराती साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार समेत गरेका थिए । प्रहरी
वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।

सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि
दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.