मान्छेले मात्रै होइन गाईले पनि पाउन थाल्यो सुत्केरी भत्ता

रिपोर्ट नेपाल | 2018 Jun 12 | 05:27 pm 3744

ताप्लेजुङ, २९ जेठ : कति ठाउँ मान्छेले त पाएका छैन्न सुत्केरी भत्ता तर ताप्लेजुङमा भने गाईले पनि सुत्केरी भत्ता पाउने भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका स्थानीय सरकारले पशुचौपायका लागि पनि सुत्केरी भत्ताको व्यवस्था गर्न अभ्यास सुरु गरेको हो ।

सात वटा वडा रहेको सिदिङ्वाले पाँच वटा वडामा गाईलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो ।

योजना अन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यो योजना साविकका सुरुमखिम, लिम्वूदिन, मेहेले, साब्लाखु र आङवोप गाविसमा मात्र लागू गरिएको छ।

वडा नम्बर १ र २ को काली खोला र सादेवामा भने गोठ सुधार कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताए। किसानले यो सुविधा लिएपछि सात लिटर दूध भने पुर्याउनु पर्छ। सुत्केरीमा राम्रो स्याहार गरे सात लिटर दूध स्वभावैले पुग्ने भएकाले मापदण्ड निर्धारण गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.