मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट गर्ने तीन जना प्रहरी कार्वाहीमा

रिपोर्ट नेपाल | 2020 Sep 08 | 02:41 pm 2883

पाल्पा, भदाै २३ः मादक पदार्थ सेवन गरी प्रहरीमाथि कुटपिट गर्ने तीन जना युवा माथि प्रहरीले कार्वाहीको प्रक्रिया थालेको छ ।

कारबाही हुनेमा रामपुर ४ का २० बर्षीय सुसन नेपाली, ३५ बर्षीय मन बहादुर नेपाली र वडा नम्बर ५ का २२ बर्षीय सुरज सार्की रहेका छन् । उनीहरूलाई पक्राउ गरी शार्वजनिक शान्ति बिरुद्धको कसूरमा मुद्धा दर्ता गराइएको थियाे ।

पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बाट १० दिनको म्याद लिई थप अुनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरूले मादक पदार्थ सेवन गरी होहल्ला गर्दे अशान्ती फैलाएकाले नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गर्ने क्रममा रामपुर अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान जय प्रकाश चौधरीलाई अस्लिल शब्दमा गाली गलौज गर्दै हातपात तथा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.