माछामासुनै नखाने र पशुपंक्षी नपाल्ने जनजातिको गाउँ

रिपोर्ट नेपाल | 2022 Jun 13 | 07:20 am 1281

धनकुटा, जेठ ३०ः प्रत्येक सुखदुखका कामकाजमा मासु र जाँडरक्सी जनजातिका लागि अनिवार्यनै हुन्छ अर्थात कुलमै चडाउनु पर्ने हुन्छ । तर धनकुटाको शहिदभूमि गाउँपालिकाको गुर्धम, रातमाटे, सुन्तलाबारी, चिच्चे, पोखरे, अखुवाटार, साम्वुगाउँ र सिरवानी गाउँका जनजातिहरु यो परम्परा भन्दा टाडा छन् । उनीहरु गाउँनै जुटेर माछामासु नखाने र पशुपंछि समेत नपाल्ने गरेको पाइएको छ ।

साम्बु गाँउका ७२ बर्षीय भरतलाल राईको घरमा राँगा, बंगुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पंक्षि र पशुबस्तुको खोर छैनन् । चाडपर्ब होस् वा भोज भतेमा होस् भान्छामा कहिले पनि मासुका परिकार बन्दैनन् । हरेक महिनाको शुक्लपक्षमा परिवारलेनै पूर्णब्रत लिन्छन् । राई समुदायका उनीहरुले साकाहारि भोजन र सात्विक जीवनशैली अंगालेका छन् । “हामि खान त खाँदै खादैनौ, पाल्न समेत पाल्दैनौ किनकी प्राणि प्रेम र अहिंसा हाम्रो मुल मन्त्र हो” राईले भने ।

सुन्दा अचम्म लाग्ने भरतलाल राईको जस्तै  केहि यस्ता बस्ती पनि छन् जहा माछामासु खान त परको कुरा मासुका लागि प्रयोगहुने पंक्षि र जनावरनै पाल्दैनन् । शहिदभूमिका १५० परिवार भन्दा बढीले यो परम्परा अगाल्दै आएको पाइन्छ ।

उनीहरुको  घरैपिच्छे एउटा तुलसीको मठसँगै बाँसका लिङ्गामा  सत्यनाम लेखिएको सेता रङ्गका ध्वाजा राखिएको हुन्छ । यो उनीहरुको पहिचान हो । उनीहरु माछामासु मात्रै होइन, जाँडरक्सी र सुर्तीचुरोट पनि सेवन गर्दैनन् । बुढापाका देखि यूवा पुस्तामा पनि पशुवली र प्राणिहत्या पाप हो भन्ने विश्वास उहनीहरुमा छ ।  “अहिले पशुबलिको बिरोधमा कुरा उठ्ने गरेको छ तर हामि त पहिले देखिनै यसको विपक्षी हौ पशुबलि राम्रो हैन” स्थानीय यमकुमार राई भन्छन् ।

जीविकोपार्जनको माध्यम कृषिनै भएपनि यी गाउँका स्थानीयहरु बंगुर, हाँस, कुखुरा, परेवा बाख्रा पाल्दैनन् । दुधका लागि गाइभैंसि पाले पनि राँगा पाल्न मनाही गरेको छ । पुजाआजा र बैद्धिक कार्यमा फूल र नरिवल चढाउँछन् । भोजभतेरमा पनि मासु र मादक पदार्थ चल्दैन । हाम्रो आफ्नै परम्परा छ । “हामी भोजभतेरमा पनि मासु र मादक पदार्थ चलाउदैनौ र चलाएको ठाँउमा गएर खाँदैनौ पनि” सहिदभुमी गाँउपालिका वडानम्बर २ साम्बु गाँउका रुपलाल राइ भन्छन् । यो चलन नयाँ भने हैन करिब एक सताब्दी अघिवाट यो प्रचलन यहाँ चलेको उनी बताउछन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.