महेश सिंह सिरहा, माघ ३ः सिरहाको लहान नगर पालिका वाडा नम्बर ९ लहान गोठटोल मा २ दिने प्रथम माघी महोत्सव सम्पन्न भएको छ। थारु पौराणिक गित संगित भेषभुषा र थारु परिकारहरुको परिकार राख्ने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले बताए।महोत्सवमा थारु समुदायका कल्चरल पोसाकमा सजिएका दिदि बहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियाे।

मेलामा थारु परिकारका सयौं स्टलहरुको रहेका थिए। महोत्सवको उद्घाटन लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख राम चलितर महतोले गरेकाे आयोजक कमिटीका ब्यक्ति अमृत लाल चौधरीले बताए।

उक्त महोत्सव वडा अध्यक्ष घुरन चौधरीको विशेष पहल रहेको थियो। संगितको कार्यक्रममा राष्ट्रिय कलाकार मनिष चौधरी, अनुमा चौधरी लगायतका दर्जनौं कलाकारहरुको उपस्थिति रहेको थियो।
