माओवादी नेता गगन पुरीले दिए राजीनामा

| 2024 Feb 27 | 01:21 pm 1313

काठमाडौँ १५ फागुन । झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् । विशेष अदालतले २८ माघमा पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.