काठमाडौँ पुस २२: नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो ।
कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन् ।
राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आइसोलेशनमा बस्न लागेका हुन।