माओवादी केन्द्रको विधान सम्मेलन हुने

| 2023 Jul 30 | 02:50 pm 1849

काठमाडौं, साउन १४। । नेकपा माओवादी केन्द्रले साउन १७ गतेदेखि पार्टीको तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने जनाएको छ।

२०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भए पनि पार्टी पदाधिकारी बैठकमा नेताहरुले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्न सुझाव दिएपछि विधान सम्मेलन गर्ने नेताहरुले बताएका छन् ।

पार्टीलाई व्यवस्थित बनाउन विधान सम्मेलन गर्ने गरी छलफल केन्द्रित भएको जनाइएको छ।‘पार्टीको विधान सम्मेलन गरेर अहिलेको संगठन स्वरुप र संरचनालाई व्यवस्थित गर्नपर्छ भन्ने सुझाव आएपछि विधान सम्मेलन गर्ने जनाइएको छ। पार्टी केन्द्रदेखि वडासम्म संख्या तलमाथि भइरहने, जनवर्गीय संगठनको अवस्था पनि त्योभन्दा फरक हुन सकेन । बाहिरबाट एकतामा आएकालाई यत्तिकै थपिहाल्दा पार्टी र संगठन समग्र रुपमा भद्रगोल भएको एक नेताले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.