काठमाडौँ १४ चैत / सत्तारूढ नेकपा (माओवादी केन्द्र) को बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ।
बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ। सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ-आफ्नै उम्मेदवार उठाउने भएपछि माओबादिले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। ‘
इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
माओवादी पदाधिकारी बैठकअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले एमालेले इलाम २ मा उम्मेदवार तय गरिसकेको अवस्था रहेको र माओवादीले पनि आफ्नै उम्मेदवार उठाउनेबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।