माओवादीद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

| 2024 Aug 30 | 02:40 pm 265

काठमाडौँ १४ भदौ / नेकपा (माओवादी केन्द्र)ले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभा सचिव गोपाल पराजुलीले माओवादीले एमाले नेता कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको जानकारी दिए।

माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो ।

कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । माओवादी सांसदहरूको समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.