माइक्रोबस र बससँग ठाेक्किए दुर्घटना हुँदा १२ जना घाइते

रिपोर्ट नेपाल | 2019 Jul 22 | 12:40 pm 1981

धादिङ, साउन ६:  साेमबार बिहान धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा यात्रुबहाक बससँग ठाेक्किएर माइक्रोबस खोलामा खस्दा १२ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडाैं आउँदै गरेकाे बा ५ ख २१५१ नम्बरको माइक्रोबस लु २ ख २१३४ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाउव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

बसले ठक्कर दिएपछि माइक्रोबस महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाण्डाैकाे ट्रमा सेन्टरमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.