महोत्तरी, चैत २१ : जिल्लाको बलवा नगरपालिका–८ का वडाध्यक्षको बिहिबार मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले जानकारी दिए ।
उनी बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा गएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गरेका थिए ।
करीब आधा घण्टापछि वडाध्यक्ष महतोले फेरि आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको भनी आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताए ।