महिला टी–ट्वान्टी आई सिरिज: आज नेपाल र मलेसिया खेल्दै

| 2023 Aug 25 | 11:28 am 1765

काठमाडाैं, भदाै ८ ।  मलेसियामा चलिरहेको महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ ।  मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिक पुगेको छ । मंगलवार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.