महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर हाल्ने युवक पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 26 | 07:45 pm 1277

काठमाडाैं, साउन १०ः बाटोमा हिँडिरहेकी एक महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर हाल्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्राङ्कको नाममा नेपाल सरकारले बर्जित गरेको एक महिलालाई प्रज्वलनशिल पदार्थ ‘एसिड’ छ्यापेर महिलालाई धम्क्याउने नवलपरासीका २६ बर्षिय पुर्ण चन्द्र भुसाल (प्रदीपलाई) प्रहरीले पक्राउ गरेको हो ।

ती युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार कावासोतीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ युवकको स्थायी घर पनि नवलपरासीकै बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी भएको प्रहरीले बताएको छ ।

पछिल्लो समय भाइरल बनेको एउटा भिडिओमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए। युटुभमा पनि उनको चौतर्फी आलोचना भएको थियो ।

धेरैले उनले अपराध गरेको भनेर समात्न प्रहरीलाई आग्रह गरेका थिए । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.