महिलाको हत्यामा संलग्न पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 30 | 05:45 pm 2788

काठमाडाैं,असोज १३: कपनकीस्थित एक ५५ वर्षीया महिलाको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १ गते बिहान कपनको तेन्जिङ चोक नजिकैको घरमा कमला कार्कीको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेकाे थियो ।

उक्त महिलाकाे हत्यामा संलग्न पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिए ।

अनुसन्धानबाट उनलाई नशालु पदार्थ सेवन गराएर सुनको गहना र रकम लुटेको पाइएको छ । बिएरमा लठ्याउने औषधि मिसाएर खुवाइएको र सुनका गहना लुट्नका लागि नै उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कमलाले बिगत केही समय अघिदेखि त्यहाँ किराना पसलसँगै रक्सी पसल सञ्चालन गर्थिन् र हत्यामा सलग्न पहिलेदेखि नै चिनजानका रहेको बुझिएकाे छ । कमलाको साथमा रहेका चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.