काठमाडौं, असोज १३ः युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तरवार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने चार जनालाई साइबर ब्यूरोल पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका संचालक दाङ तुलसीपुर उप–महानगरपालिका वडा नं. १७ मिमुवा स्थायी बतन भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदिप भण्डारी र हरेक पलको खबर युट्युब च्यानलका संचालक नुवाकोट सुर्यगढी गाउँपालिका वडा नं.९ स्थायी ठेगाना भई हाल काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, Saraichuli Media युट्युब च्यानलका संचालिका मोरङ बेलबारी नगरपालिका वडा नं.९ स्थायी ठेगाना भई हाल काठमाडौं पेप्सीकोला बस्ने ३५ वर्षीया पींकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका संचालक दोलखा मेलुङ गाउँपालिका वडा नं.४ स्थायी ठेगाना भई हाल काठमाडौं गोकर्णेश्वर बस्ते २४ वर्षीय रोधन तामाङ रहेका छन् ।
विभिन्न युट्युब च्यानल संचालन गरी उक्त च्यानलहरु मार्फत पीडित महिलाको तस्विर सहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठमा आँच परर्याई उनीहरुप्रति द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेकाले सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई तपशिलका युट्युब च्यानलहरुका संचालकलाई बुधबार पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले बताए ।