महाशिवरात्रिको अवसरमा कांग्रेस सभापति देउवाद्वारा शुभकामना

रिपोर्ट नेपाल | 2021 Mar 11 | 09:06 am 2033

काठमाडौं, फागुन २७ः महाशिवरात्रि पर्वको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गरेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल विभिन्न चाड(पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यसमध्ये हिन्दू धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” एक महत्वपूर्ण र पवित्र पर्व हो,’ सन्देशमा भनिएको छ, ‘प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् ।’

यस महाशिवरात्री पर्वको पावन अवसरमा उनले आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा सदा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

May be an image of tree and text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.