महारानीको अत्येष्टिमा सहभागी हुन् परराष्ट्र मन्त्री खड्का लण्डनमा

रिपोर्ट नेपाल | 2022 Sep 18 | 08:22 am 141

लण्डन, असाेज २ः परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन पुगेका छन् । मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।

लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतियको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्रीको स्वागतको लागि नेपाली जनम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.