महानिरीक्षक सिंहद्वारा बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

| 2022 Jun 08 | 04:54 pm 1725

काठमाडौं, जेठ २५ः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह हालै पदोन्नति भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह  प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई आईजीपी सिंहले दर्ज्यानी प्रदान गरेका हुन् ।

समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.