महाधिवेशनको प्रक्रिया बिनै नेविसंघ केन्द्रले आफ्नो म्याद गुजार्यो

रिपोर्ट नेपाल | 2020 Jul 31 | 03:20 pm 2324

काठमाडौँ साउन १६ : लामो रस्साकस्सीपछि बल्लबल्ल गठन भएको नेविसंघ केन्द्रीय समितिको म्याद शुक्रबार सकिएको छ । गत माघ १६ गते समयअवधिमै महाधिवेशन सम्पन्न गर्ने शर्तमा राजिब ढुंगानाको अध्क्षतामा नेविसंघ केन्द्रीय समिति गठन भएको थियो।

पार्टीले ६ महिना भित्र अधिवेशन सम्पन्न गर्ने निर्देशन सहित नेविसंघ गठन गरेको थियो। नेविसघ केन्द्रीय समिति न बिस्तार भयो न महाधिवेशनको प्रक्रियानै शुरु भयो। त्यसैले यो नेविसंघ केन्द्रीय समितिको औचित्य र सान्दर्भिकतामाथि प्रश्न उठेको छ।

महाधिवेशन पक्षधर समुहले यथास्थितिमा नेविसंघ अगाडि बढ्न नसक्ने भन्दै गठन र महाधिवेशनको कार्य तालिका सहित समय थपिनु पर्ने, हैन भने विधान अनुसार नेविसंघ संचालनको लागि आन्दोलनमा जाने बिद्यार्थी नेता मोती भण्डारीले बताए।

उनका अनुसार अब नेविसंघ बिगतमा जस्तो अनिर्णयको बन्दि बनाउन हुदैन । बरु नैतिकवान साथीहरुले असक्षमताको बिल्ला भिर्नु भन्दा महाधिवेशन गर्न नसकेपछि आफ्नो पदबाट राजिनामा गरी संगठनलाई निकास दिनु पर्नेमा आम बिद्यार्थीहरुको तर्क रहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.