महादेव मन्दिरमा जल चढाउन सफल भएका युवालाई अध्यक्ष यादवद्वारा सम्मान

रिपोर्ट नेपाल | 2022 Aug 17 | 11:32 am 1629

  • महेश सिंह

सिरहा, भदौ १ः सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न २ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा जल चढाउने प्रतियोगिता अन्तर्गत रेसमा बाबालाई जल चढाउन सफल भएका प्रथम, दोस्रो, तेस्रो भक्तजन युवालाई वडा न २ का अध्यक्ष तनुक लाल यादवद्वारा सम्मान तथा प्रमाणपत्र चांदीको सिल्डबाट सम्मान गरेका छन्।

धेरै बर्ष देखि धार्मिक आस्था बोकेका श्री श्री १००८ श्री बाबा गरिबनाथ महादेव मन्दिरमा प्रत्येक बर्ष श्रावण महिनाको सोमबारका दिन धार्मिक आस्था भएका हिन्दु धर्मावलम्बीहरुले नजीक रहेका नदी जलाशयहरुमा स्नान गरी बालालाई जल चढाउनले परम्परा रहेको छ।

सामाजिक स्तरमा सोठियाईनका उक्त बाबा गरिबनाथ महादेव मन्दिर निकै पुरानो र शक्तिशाली रहेको स्थानीय बासीहरुको जनबिश्वास रहेको छ। रेशममा सहभागी हुने मध्येबाट प्रथम, दोस्रो, तेस्रो हुनेलाई अध्यक्ष तनुक लाल यादव लगायत सदस्यहरुद्वारा सम्मान गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.