महाकाली अस्पतालमा अख्तियारद्वारा छापा अस्पतालका कागजात नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 17 | 08:10 am 2039

कञ्चनपुर, बैशाख ५ः महाकाली अस्पतालमा भेन्टिलेटर तथा स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको खबरले चर्चा बटुलेसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले अस्पतालका कागजात नियन्त्रणमा लिएको छ ।

बिहीबार स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको हुने सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

समाजिक सञ्जाल लगायत विभिन्न स्थानीय मिडियाहरुमा खरिद प्रकरणमा घाेटाला भएको कुरा चर्चाको विषय बनेपछि बिहीबार अख्तियारले अस्पतालकाे प्रशासनमा छापा हानेको थियाे ।

अस्पतालले भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण पुरानो खरिद गरेको, खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको हुनसक्ने भन्दै खरिद प्रक्रियाका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर जनाएको छ ।

अब उक्त सामग्री खरिद प्रकरण माथि छानबिन सुरु गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरका प्रमुख बावुराम खतिवडाले जानकारी दिए । स्वास्थ्य सामग्री खरिद प्रकरणमा घाेटाला भएको हुन सक्ने बाहिरी विश्लेषण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.