कास्की, कार्तिक २० । विद्युतको बक्याैता रकम नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेश भाैतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको विद्युतको लाइन काटिदिएको छ ।
६० दिन बक्याैता कटाएर मन्त्रालयले २७ हजार भन्दा बढी रकम महसुल बापतको नबुझाएपछि बाध्य भएर लाइन काट्नु परेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रले ६० दिन बक्याैता नबुझाउने ग्राहकको लाइन काटेर महसुल उठाउने अभियानलाई तिब्रता दिएको छ । मन्त्रालयमा दुई र तिन फेसका लाईन भएका कारण विद्युत लाइन कटाैतीले भने खासै फरक परेको छैन ।