महराको थुनछेक बहस आइतबार पनि सकिएन

रिपोर्ट नेपाल | 2019 Nov 03 | 05:12 pm 1876

काठमाडौं, कात्तिक १७: संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा सोमबारसम्म हिरासतमै रहने भएका छन् ।

पक्राउ परेका महराको मुद्दामा शुक्रबारदेखि चलिरहेको थुनछेक बहस आइतबार नसकिएपछि उनी हिरासतमै रहने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आइतबार सरकारी वकिलको बहस सकिएको छ । उनका निजी कानुन व्यवसायीले सोमबार बहस गरेपछि मात्र अदालतले महराको मुद्दामा फैसला हुनेछ ।

पुर्पक्षका लागि थुनामा पठाउने अथवा धरौटीमा तारिखमा राख्ने वा साधारणा तारेखमा राख्ने भन्ने विषय सोमबार नै टुंगो लाग्ने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.