मुस्ताङ, साउन १४: घुम्नका लागि मुस्ताङ पुगेका एक भारतीय तीर्थयात्रीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमारको सोमबार मृत्यु भएको हाे ।
मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा मुटुको समस्या देखिएपछि कुमारलाई जोमसोम अस्पताल लगिएको थियो ।
तर उपचार गरेर फर्कने क्रममा अचानक ढलेर बेहोस भएपछि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।