मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

रिपोर्ट नेपाल | 2023 Apr 18 | 07:08 pm 1173

काठमाडाैं, बैशाख ५ः मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई गा.पा. वडा नं. ५ भौराटार घर भई हाल काठमाडाैं किर्तिपुर न.पा. वडा नं. १३ बस्ने हिरालाल महतो नुनिया रहेका छन् ।

उनले जय बहादुर साह तेली समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ३ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

ठगी गरेको भनी वैदेशिक रोजगार विभागबाट  पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले  हिरालाल महतो नुनियाको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।०४ गते किर्तिपुर न.पा. चोभारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.