मलाई पनि पत्रकार नै बन्न मन लाग्यो

| 2023 Jan 21 | 06:26 pm 713

–बिनाेद के.सी

किन किन मलाई पनि पत्रकार बन्न मन लाग्यो ।
घाँटीमा पत्रकारको परिचयपत्र भिरेर
पत्रकार हुँ भन्न मन लाग्यो ।।

एसएलसी पास त गर्नै सकिँन
जानी नजानी नेपाली लेख्न सक्छु ।
बोली त अलिक छुद्र नै छ मेरो
जे पायो त्यही मिलाएरै बोल्न सक्छु ।।

किन किन मलाई पनि पत्रकार बन्न मन लाग्यो

डराउँदो रैछन् नि हाकिमहरु
प्रहरी होस् वा निजामतीको ।
मेरै अगाडि पत्रकार हुँ भन्दै
हाकिमको कोठाभित्र फुत्त छिरिगाे ।।

रिस उठाउने मान्छे जतिको मलाई
धज्जी उडाउन मन लाग्यो ।
जे गल्ती गरे पनि ट्राफिक नियम नलाग्ने
प्रेस लेखेको गाडी गुडाउन मन लाग्यो ।।

किन किन मलाई पनि पत्रकार बन्न मन लाग्यो

पख्लास् तिम्रा बारेमा पत्रिकामा छाप्दिन्छु भन्दै
पचास हजार माग्न मन लाग्यो ।
पाँच लिटरको कुपन र दुई हजार दिँदा हाकिमले
त्यस पछि त सासै नफेरी भाग्न मन लाग्यो ।।

ब्ल्याकमेल गरी गरी ठेकेदार होस या कर्मचारी
खुट्टा तानी तानी घिच्याउन मन लाग्यो ।
औंला ठड्याई ठड्याई टेलिभिजनामा
घाँटी सुक्नेगरी चिच्याउन मन लाग्यो ।।
अब त प्रधानमन्त्री नै बनिन्छ कि भनेर
झनै पत्रकार बन्न मन लाग्यो ।।।

जार जार र सौता सौताको मितेरीले
देशै लथालिंग हुने भो ।
त्यसैले त यस्ता यस्ता ब्यक्ति
पत्रकार बन्न पुग्ने भो ।।।।

किन किन मलाई पनि पत्रकार बन्न मन लाग्यो

(याे लेख कसैकाे जिवनसँग मेल खान गएमा संयाेग मात्र हुनेछ ) 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.