काठमाडौँ १७ असार / सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि पुन: बस्नेगरी बैठक स्थगित भएको छ ।
बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।
‘प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु’, यादवको भनाइ थियो । सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगितको घोषणा गरे ।