मन्त्रीको तथ्यहीन भाषणका भरमा पर्यटन क्षेत्रको विकास गर्न नसकिनेः युवा नेता पौडेल

| 2019 Aug 30 | 10:52 am 2067

काठमाडौं, भदौ १३: युवा जागरण अभीयानका संयोजक एवम् नेपाली कांग्रेसका युवा नेता चिन्तन पौडेलले कम्युनिष्ट सरकारका मन्त्रिको तथ्यहीन भाषण र गफका भरमा नेपाल भ्रमण वर्ष सफल नहुने बताए । सन् २०२० मा देशमा पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रको बृहत्त विकास गर्न नसकिने र त्यो कम्युनिष्ट सरकारको सपनामात्र रहने जनाए ।

पर्यटन मन्त्री योगेश भट्टराइले नेपाल भ्रमण वर्ष सफल बनाउन टुडिखेलमा लाखौ मान्छे भेला गर्ने र बिदेशमा रहेका हरेक नेपालीले एक एक जना बिदेशी नागरिकलाई नेपाल घुम्न पठाउने योजना सार्बजनिक गरेका छन् । उक्त योजना प्रति प्रतिक्रिया दिंदै पौडेलले देशको समग्र वातावरण राम्रो र पर्यटन मैत्री बनाए मात्रै नेपालमा आउने पर्यटकको संख्या बढ्ने र समग्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।

बिदेशमा रहेका नेपालीले नेपाल भ्रमण गर्न पर्यटन पठाउने योजना बनाउनु भन्दा पनि विभिन्न माध्यमहरुबाट राष्ट्रको नीति र शान्ति, सुरक्षाको ब्यवस्थाका बारेमा सकारात्मक सन्देश प्रबाह गर्न र पर्यटन मैत्रि पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

सुबिधासम्पन्न एअरपोर्ट, पक्कि बाटोघाटो, सरसफाइ, शान्ति–सुरक्षा, बस्ने ठाउ, पर्यटकका लागि उचित गन्तब्य इत्यादि सबै कुराको उपयुक्त प्रबन्ध भएको अनुभुती गराउन नसकेसम्म देशको पर्यटन उधोगलाई माथि उकास्न सकिने गरी पर्यटक भित्र्याउन नसकिने पौडेलले बताए ।

देशको समग्र वातावरण सुधार्न आग्रह गर्दै पर्यटनमैत्री वातावरण निर्माण गर्न ध्यान नदिने हो भने सरकारी हो–हल्ला, अस्पस्ट योजनाले मात्रै पर्यटक नआउने र मुलुकको आर्थिक समृद्धि नहुने दाबी गरे ।

सरकारका गलत कदम र नितिका कारण अन्तराष्ट्रिय क्षेत्रमा देशको छबी सकारात्मक बन्न नसकेको र नेपाल भ्रमण वर्ष सफल पार्न सरकार स्वयं गम्भिर नबनेको टिप्पणी गर्दै पौडेलले सरकारले देशको बारेमा सकारात्मक सन्देश प्रबाह हुने वातावरण बनाउन लाग्नु पर्नेमा जोड दिए ।

युवा नेता पौडेलले पर्यटन मन्त्रि भट्टराई प्रति इङ्कित गर्दै जुन जोगी आएनी कानै चरेको जस्तो केपी वलीका जस्तै गफ र सस्तो पपुलारिटिले मुलुकको पर्यटन क्षेत्रको विकास नहुने र नेपाल भ्रमण बर्ष–२२२० सफल नहुने बताए ।

पर्यटन मन्त्रिले पर्यटकले हिन्ने सुबिधाजनक बाटो छ कि छैन, प्रदुषणमुक्त वातावरण छ कि छैन, पर्यटनमैत्री पुर्वाधारहरुको विकासमा सरकारको ध्यान छ कि छैन भन्ने कुराको अध्ययन गर्नु पर्ने र पर्यटन मैत्री वातावरण निर्माणमा कटिबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिदै ध्यानाकर्षण समेत गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.