काठमाडौँ १३ भदौ / आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने जनाइएको छ। मुख्यसचिव लिलादेवि गड्तौला ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ ।
एक महिना अघि मुख्य सचिव बनेकी गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् ।
अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वास पात्र हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने छन् ।
अहिले मुख्यसचिवको दौडमा राष्ट्रिय योजना आयोगका सचिव डाक्टर तोयानारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई प्रतिस्पर्धामा छन् ।