मन्त्रिपरिषद‍द्वारा नीति तथा कार्यक्रम पारित

रिपोर्ट नेपाल | 2022 May 24 | 02:16 pm 341

काठमाडौं, जेठ १०: मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने’ कार्यक्रम तय भएको छ।  संसद् बैठक अपराह्न ४ बजेका लागि बोलाइएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.