काठमाडौँ १७भदौ / गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालय परिवर्तन भएपछि असन्तुष्ट जनाउदै राजीनामा दिएको बताएका छन् । सोमबार कांग्रेस एमालेको सहमतिअनुसार मनाङेलाई भौतिकबाट बन मन्त्रालय सारिएको थियो ।
तर मुख्यमन्त्रीसमक्ष उनको राजीनामा नपुगेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । साथै उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । ‘म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु’ मनाङेको भनाइ छ ।