मन्त्रालयका गतिविधि हेर्न मन्त्री पण्डीत जोडे सीसीटीभी

| 2018 Jun 03 | 04:03 pm 1563

काठमाडौँ २० जेठ :  मन्त्रालय भित्रका विभिन्न शाखामा हुने कामका गतिविधि अवलोकन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सीसीटीभी जडान गरेका छन् । प्रशासनलाई चुस्त पार्न यो सुरु गरिएको हो ।

पण्डितका स्वकीय सचिव ओशिम आलमका अनुसार कर्मचारी प्रशासन शाखामा अनावश्यक कर्मचारी आएर काममा अवरोध गर्ने, कर्मचारीलाई अल्मल्याउने गतिविधिलाई नियन्त्रण गर्नका लागि सीसीटीभी जडान गरिएको हो ।

सीसीटीभी मन्त्रालयको भुईँ तल्लामा रहेका संघीय मामिला र सामान्य प्रशासनको कर्मचारी शाखा, प्रवेशद्वार, भर्‍याङ, लबी, मन्त्रीको सचिवालय, चार वटै तलामा १६ वटा क्यामेरा जडान गरिएको छ । कर्मचारी प्रशासनमा पटक–पटक धाइरहने र कर्मचारीलाई अनावश्यक दबाब दिने व्यक्ति पहिचान गर्न सजिलो होस् भनेर मन्त्री पण्डितको आग्रह अनुसार सीसीटीभी जोडिएको हो ।

मन्त्री पण्डितको कार्यकक्षसहित स्वकीय सचिवालय, मन्त्रालयका सचिव, कर्मचारी प्रशासन हेर्ने सहसचिवलगायतको कार्यकक्षमा स्क्रिन राखिएको छ । सीसीटीभी जडानपछि सेवा लिन आउनेलाई कर्मचारीले गर्ने व्यवहार, सेवाग्रहीको गतिविधिलगायत अनावयश्क व्यक्ति र समुहको गतिविधि हेर्नसमेत सजिलो भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.