मनाङ एयरको हेलिकप्टर सम्पर्क विहिन

| 2023 Jul 11 | 11:50 am 1633

सोलुखुम्ब, असार २६ । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

हेलिकप्टरमा ५ जना विदेशी र १ जना नेपाली पाइलट सवार थिए । हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट ६ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको  मनाङ एअरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।

मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

सामान्यतया ४५ मिनेटमा सोलुखुम्बुबाट काठमाडौं पुग्नुपर्ने हेलिकप्टर यो समाचार तयार गर्दा सम्म सम्पर्क विहिन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले बताए । माउन्टेन फ्लाइटको हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.