मनकारी मानबहादुरले गरे पहिरो पीडितलाई सहयोग

रिपोर्ट नेपाल | 2019 Jul 29 | 10:42 am 2294

काठमाडौं, साउन १३:  गत साउन ६ गते परेको अविरल वर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा गएको भीषण पहिरोले त्यस भेगका जनजिवन अस्तव्यस्त पारेको छ ।

१३ जनाको ज्यान लिने गरी र सयौंको संख्यामा विस्थापीत गर्ने गरी आएको पहिरो पीडितलाई सहयोग गर्ने दानवीरहरुको संख्या दिन प्रतिदिन बढन्तरी हुँदै गएको छ ।

रिपोर्ट नेपाल डटकमले सहयोगका लागि आग्रह गरे बमोजिम रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले निवासी मानबहादुर दर्लामीले २ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । बुबा शेरबहादुर दर्लामी र आमा धानुमाया दर्लामीका जेठो सुपुत्र मानबहादुर दर्लामी अर्काको पीडालाई आफ्नै सम्झने एक समाजसेवीका रुपमा परिचित छन् ।

यस अघि पनि जिल्लामा घटेका विपत्तीका घटना होस वा उपचार गर्न नसकेकालाई आफू सक्दो सहयोग गर्दै आएका दर्लामीलाई आउँदा दिनमा आफूलाई खान पुगोस र अरुलाई दिन पनि पुगोस हार्दिक शुभेच्छा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.