मनकामना केबलकार मंगलबारदेखि ३ दिन बन्द हुने

| 2024 Oct 14 | 03:28 pm 233

काठमाडौँ, आश्विन २८ / मनकामना केबलकार मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते तीन दिन बन्द हुने भएको छ।

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं. २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.