मध्य अमेरिकामा आँधीका कारण तीन जनाको मृत्यु, कैयौं घाइते

रिपोर्ट नेपाल | 2023 Apr 01 | 04:45 pm 1977

वासिङटन, चैत १८ः मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् ।

मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् । अमेरिकाका अरू थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् । पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तीमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

यसबाहेक व्याने सहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालीन अवस्थाको घोषणा गर्दै राज्यको नेसनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् । तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तीमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.